Events
सीतारमेश बहुमुखी क्याम्पसको तेह्रौं क्याम्पस सभा
सीतारमेश बहुमुखी क 2081-10-17 / 9 month(s) ago In-charge : Puspa Prasad Rijalसीतारमेश बहुमुखी क्याम्पसको तेह्रौं क्याम्पस सभा आगामी माघ १७ गते सम्पन्न हुने तय गरिएको छ। यस महत्वपूर्ण सभामा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका सम्माननीय प्रतिनिधि सभा सभामुख देवराज घिमिरेज्यू सहभागी हुनुहुनेछ। क्याम्पस सभाको क्रममा शैक्षिक, प्रशासनिक तथा विकास सम्बन्धी विभिन्न विषयहरूमा छलफल तथा आवश्यक निर्णयहरू गरिने अपेक्षा गरिएको छ। साथै, क्याम्पसको भावी योजनाहरू, छात्र-छात्राहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार विस्तारका विषयमा समेत महत्वपूर्ण प्रस्तावहरू पेश हुनेछन्।
तेह्रौं क्याम्पस सभा
Sita Ramesh Multiple Campus