Sita-Ramesh Multiple Campus

२०८३ साल असोज १६ गते माइन्युट लेखन कार्यशाला सम्पन्न

6 day(s) ago

सीता–रमेश बहुमुखी क्याम्पस, बुद्धशान्ति–१, झापाको आयोजनामा स्नातक तह दोस्रो तथा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि “माइन्युट लेखन कार्यशाला” मिति २०८३ साल असोज १६ गते सम्पन्न भएको छ। विद्यार्थीहरूमा बैठक, छलफल तथा निर्णयहरूलाई व्यवस्थित र आधिकारिक रूपमा अभिलेखीकरण गर्ने सीप विकास गर्ने उद्देश्यले आयोजित कार्यशालामा सहजीकरणकर्ता श्री उमाकान्त खनालले माइन्युट लेखनको परिचय, उद्देश्य, संरचना, आवश्यक विषयवस्तु तथा लेखन विधिबारे सहजीकरण गर्नुभएको थियो।

कार्यशालामा विद्यार्थीहरूलाई माइन्युट लेखनका सैद्धान्तिक पक्षसँगै व्यावहारिक अभ्यास, नमुना माइन्युट लेखन तथा समूहगत छलफलमार्फत आवश्यक ज्ञान र सीप प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यशालाबाट माइन्युट लेखनसम्बन्धी आफ्नो क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिएका थिए। विद्यार्थीहरूको व्यावहारिक ज्ञान, सञ्चार सीप तथा अभिलेख व्यवस्थापन क्षमता विकास गर्ने उद्देश्यले आयोजित यस प्रकारका कार्यक्रमलाई क्याम्पसले आगामी दिनमा पनि निरन्तरता दिने छ।