बिबिएस (BBS) चौथो वर्षका विद्यार्थीहरूका लागि फाइनल प्रोजेक्ट रिपोर्ट सम्बन्धी अभिमुखीकरण कार्यक्रम
19 hour(s) ago
वैशाख २४, २०८३
सीतारमेश बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षका विद्यार्थीहरूका लागि फाइनल प्रोजेक्ट रिपोर्ट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहजीकरण मेची बहुमुखी क्याम्पसका प्राध्यापक श्री सागर पोखरेल ज्यू तथा प्राध्यापक श्री सुजन पराजुलीज्यूले गर्नुभएको थियो । व्यवस्थापन विभागको आयोजनामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख श्री पुष्पप्रसाद रिजालले क्याम्पसको अपेक्षा र विद्यार्थीले निर्वाह गर्नुपर्ने भूमिका बारेमा शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रशिक्षकद्वयले त्रिभुवन विश्वविद्यालयको निर्धारित मापदण्डअनुसार फाइनल प्रोजेक्ट रिपोर्ट कसरी तयारी गर्ने, उपयुक्त अनुसन्धान पद्धति कसरी छनोट तथा प्रयोग गर्ने, साथै परियोजना कार्यको प्रभावकारी लेखन शैली, प्रस्तुतीकरण र प्रतिवेदन निर्माण प्रक्रियाबारे विस्तृत तथा व्यवहारिक जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूको सक्रिय सहभागिता तथा उत्साहजनक उपस्थितिप्रति क्याम्पस परिवार हार्दिक आभार व्यक्त गर्दछ। साथै, कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रशिक्षकद्वयप्रति विशेष धन्यवाद ज्ञापन गर्दछ।
Sita-Ramesh Multiple Campus