Message From Principal


सीतारमेश बहुमुखी क्याम्पस स्थापनाको बाह्रौं वर्षमा गतिशील छ । यो क्याम्पस २०६७ सालमा स्थापित नाफारहित, सेवामूलक, पूर्ण सामुदायिक क्याम्पस हो । यस क्याम्पसमा हाल स्नातक तह अन्तर्गत शिक्षाशास्त्र र व्यवस्थापन गरी दुईवटा सङ्कायको अध्ययन अध्यापन हुँदै आइको छ । यस क्षेत्रका गरिव, दलित, विपन्न, आदिवासी समुदायका विद्यार्थीहरुले सुपथ शुल्कमा उच्च शिक्षाको अवसर प्राप्त गरेका छन् । क्याम्पसको भौतिक विकासका लागि हाल ३०० भन्दा बढी महानुभावहरु र २० भन्दा बढी सङ्घ संस्थाहरुले क्याम्पसको आजीवन सदस्यता लिनु भएको छ । स्थापना कालदेखि नै क्याम्पसले राम्रो नतिजा प्राप्त गर्दै आएको छ । त्रिभुवन विश्व विद्यालयको औसत नतिजा स्तरको आधारमा हेर्दा यस क्याम्पसको नतिजा स्तर उच्च रहँदै आएको छ । हाल क्याम्पसमा ४०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । सफा, स्वच्छ र शान्त वातावरणमा अवस्थित यस क्याम्पसमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । क्याम्पस QAA प्रक्रियामा अगाडि बढीरहेको छ । विद्यार्थीहरुबाट उठ्ने शुल्क, गाउँपपालिकाबाट प्राप्त हुने अनुदान तथा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदान क्याम्पसको प्रमुख आय स्रोत हो । क्याम्पसमा कार्यरत सहायक प्राध्यापक तथा कर्मचारीहरुले न्यून तलवमानमा सेवा प्रदान गर्दै आउनु भएको अवस्था छ । क्याम्पसको आर्थिक स्रोत वृद्धि गरी समयानुकूल शैक्षिक विकास प्रक्रियालाई अगाडि बढाउन क्याम्पस प्रयत्नशील रहेको छ । क्याम्पसलाई यो अवस्थासम्म ल्याइपु¥याउन सहयोग गर्नुहुने शिक्षाप्रेमी, समाजसेवी, जग्गादाता, चन्दादाता, शिक्षक कर्मचारीप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा क्याम्पसको चौतर्फी विकासका लागि सरोकारवाला महानुभावहरुको अमुल्य योगदान साथै सुझाव रहने अपेक्षा गर्दछु ।